माओवादीका दुई केन्द्रीय सदस्यको सरुवा, मातृका यादवलाई नयाँ जिम्मेवारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादीका दुई केन्द्रीय सदस्यको सरुवा, मातृका यादवलाई नयाँ जिम्मेवारी


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपमहासचिव मातृकाप्रसाद यादवलाई नयाँ जिम्मेवारी दिएको छ । महासचिव देव गुरुङले परिपत्र जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको जानकारी गराएका हुन् ।

यस्तै माओवादीले दुई केन्द्रीय सदस्यको सरुवा गरेको छ । केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशमा खटिएकाले सोही प्रदेशमा सरुवा गरिएको परिपत्रमा उल्लेख छ ।

वैकल्पिक केन्द्रीय सदस्य मोहनमान स्वाँरले आफू श्रीमतीको उपचारमा लामो समयसम्म क्यानडामा रहनुपर्ने कारण देखाइ सरुवा माग गरेकाले युरोप(अमेरिका प्रवास समन्वय प्रदेशमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस