सरकारले सहयोग गरे भ्रष्टाचार न्यूनीकरण गर्छु : सभापति पन्त    « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले सहयोग गरे भ्रष्टाचार न्यूनीकरण गर्छु : सभापति पन्त   


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले सोमबार पदभार ग्रहण गरेकी छन् । उनले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रतिबद्धता जनाइन् ।  

सोमबार सिंहदरवारस्थित समितिको सभाकक्षमा पद वहालीपछि पन्तले समितिको कार्यक्षलाई इमान्दारिता साथ अगाडि बढाउँदै दिगो विकास लक्ष्य हाँसिल गर्ने क्रममा अगाडि बढ्ने,सुशासनको पक्षमा काम गर्ने र समितिले  सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न गराउन प्रतिबद्ध रहको बताइन् । 

‘समितिले निर्देशन दिएर मात्र हुँदैन सरकारले कार्यान्वयन गर्दैन । हामीले सरकारलाई सहजीकरण गर्ने, आवश्यक सल्लाह सुझाव र निर्देशन दिने हो’ । उनले थपिन, ‘निर्देशनलाई कार्यान्वयन गराउनको लागि सिङ्गो राष्ट्रिय सभाले सहयोग गर्‍यो भने हाम्रो समितिको कार्यक्षेत्रलाई कार्यान्वयन गराउनको लागि म प्रतिबद्ध छु ।’

त्यसका लागि समितिको सबै टिम लाग्ने र आफूलाई सबैको साथ रहने आशा व्यक्त गरेकी उनले सुशासनको लागि भ्रष्टाचार न्यूनीकरण गर्न समितिले आफ्नो कार्यक्षेत्रमा काम अगाडि बढाउने भन्दै सरकारको साथ,सहयोगको अपेक्षा गरिन । 

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो ।

संशोधित राष्ट्रिय सभा नियमावली बमोजिम रिक्त भएको १५ दिनभित्र अर्थात् चैत ५ गते भित्र सभापतिको चयन भैसक्नुपर्छ । सोहीअनुसार नेपाली काँग्रेसबाट निर्वाचित सदस्य कमला पन्त निर्विरोध सभापति चयन भएकी थिइन् । उनले आज पदवहाली गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस