दिपेश पुनलाई आठदिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दिपेश पुनलाई आठदिन हिरासतमा राख्न अदालतको अनुमति


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत रुपन्देहीबाट पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरीले जनाएको छ । 

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस