महिन्द्र यादवले माओवादीसँग गरेको एकता सहमति खारेज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महिन्द्र यादवले माओवादीसँग गरेको एकता सहमति खारेज


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता खारेज भागी रहेको जनाएको छ । यादवले पार्टी फुटाएपछि अध्यक्ष बाबुराम भट्टराईले आज केन्द्रीय कार्यकार्यकारिणीका नेतासँग छलफल गरेका थिए ।

पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहितका नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने कार्यकारिणी सदस्यले जानकारी दिए ।

यादवले एकता गरेको भनेर पार्टी पङ्क्तिलाई भ्रममा पारेको उनको टिप्पणी थियो ।

३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमध्ये २९ जना रहेकोमा तीमध्ये बैठकमा २० जना उपस्थित भएको र केही बाहिर भएको भन्दै आफूहरूसँग बहुमत रहेको उनको जिकिर थियो ।

पार्टी महाधिवेशनको दिशामा अगाडि बढाउने गरी छलफल थालिएको उनले बताए ।

बाबुरामसँग विभाजित भएर अर्का अध्यक्ष महिन्द्र यादव पक्षका नेताहरूले हिजो माओवादीसँग एकताको लागि चार बुँदे सहमति गरेका थिए ।

सम्बन्धित समाचार : माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति

Tags :
प्रतिक्रिया दिनुहोस