२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियो रोजगार मेला : ४१ सय आवेदन, ५ सय रोजगारी सिर्जना 

अ+ अ-

काठमाडौँ । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको जनाइएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । 

आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको छ । 

सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताए ।

महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । ‘महानगर रोजगार मेला भव्य रूपमा सम्पन्न भएको छ । यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु,’ मेयर कोइरालाले भने, ‘भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला प्राप्त भएको छ ।’ 

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताइन् । उनले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गरिन्न । समापन समारोहमा नेपाल तालिम तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले रोजगार मेला सफल भएको बताए । 

स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटेल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए ।