टीकापुरको वडा नं १ लाई चार भागमा विभाजन गर्ने तयारी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

टीकापुरको वडा नं १ लाई चार भागमा विभाजन गर्ने तयारी


३ चैत्र २०८०, शनिबार


काठमाडौँ। टीकापुर नगरपालिकाको १४औँ नगर सभाबाट एउटा वडालाई चार भागमा विभाजन गर्ने प्रस्ताव पारित भएको छ ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विकले पेस गरेका थिए ।

सभाबाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गरिएको हो।

४६ हजार ६९८ जनसङ्ख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको विकले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसङ्ख्या रहेको टीकापुर नगरपालिकाको १ नं. वडामा मात्रै ४६ हजार जनसङ्ख्या रहेको छ ।

सभाले वडा नं. १ को जमरा पुल पारी क्षेत्रलाई एउटा वडा बनाउने निर्णय गरेको छ । जसको क्षेत्रफल ७.२५ वर्ग किलोमिटर रहेको छ । त्यस्तै, ब्लक नं। ९, १०, ११, १२, १३, १५, १६, २२, २३ र व्यवसाय क्षेत्र अर्को वडा हुनेछ यसको क्षेत्रफल २.५३ वर्ग किलोमिटर क्षेत्र समेटेर अर्को वडा बनाउने निर्णय गरेको हो ।

ब्लक नं ४, ५, ६, ७, ८ ,२४, २५ वनगाउँ र छेगरखैला अर्को वडा हुनेछ । यसको क्षेत्रफल ५।५३ किलोमिटर हुनेछ । यसैगरी ब्लक नं ए, बी, सी, १४, १७, १८, १९, २०, २१ जमरावारी शक्ति नगर र शिव नगरसम्मका शिविर क्षेत्र अर्को वडा बनाइनेछ । यसको क्षेत्रफल ४.७१ किलोमिटर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस