बझाङ उपनिर्वाचनका लागि एमालेद्वारा तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बझाङ उपनिर्वाचनका लागि एमालेद्वारा तीन जनाको नाम सिफारिस


३ चैत्र २०८०, शनिबार


कैलाली । बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ मा नयाँ गठबन्धनबाट एमालेलाई भागबन्डा दिलाउन सुदूरपश्चिम प्रदेश कमिटीले माथिल्लो कमिटीलाई आग्रह गर्ने भएको छ ।

आज प्रदेश पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गते तोकिएको उपनिर्वाचनका विषयमा छलफल गरेको हो । जिल्लाले उक्त क्षेत्रको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस थियो । उक्त नाम केन्द्रमा पठाउँदै उक्त क्षेत्रमा एमाले निर्वाचन लड्नेगरि केन्द्रमा सहमति गर्न आग्रह गर्ने निर्णय भएको एमालेले जानकारी दिएको छ । 

प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएको र अर्को प्रदेशमा माओवादी केन्द्रमा भीम भण्डारी निर्वाचित रहेको हुँदा रिक्त रहेको क्षेत्र एमालेका लागि सुरक्षित गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको एमालेको भनाई छ । काँग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र खाली थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस