आठ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आठ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ ।

आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेस गर्न आग्रह गरेको हो ।

आयोजनाको प्रवर्द्धक कम्पनी एबीपी इनर्जी प्रालि रहेको छ । कम्पनी सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले आयोजना निर्माणको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताए । आयोजना निर्माणमा अवरोध नभएमा २०८३ चैत्रभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको खतिवडाको भनाइ छ ।

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका मुख्य-मुख्य संरचना गुप्तेश्वर गाउँपालिका वडा नम्बर १ स्थित खोलाको दायाँ किनारमा रहने छन् ।

विद्युत् विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस