कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा पनि आगलागी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा पनि आगलागी


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

लाइटरसहित खुर्सानी, डाईपर, औषधी लगायतका सामग्री बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको अनुमान गरिएको छ । 

दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो । आगो करिव चार बजे नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।  

यस अघि सोमबार पनि कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।

सम्बन्धित समाचार : गुडिरहेको ट्रक र कर्णाली पुलमा भीषण आगलागी

सम्बन्धित समाचार : कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति

Tags :
प्रतिक्रिया दिनुहोस