नेसपा फुटेको होइन, माओवादीसँग एकतामा गएको हो : गंगानारायण श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेसपा फुटेको होइन, माओवादीसँग एकतामा गएको हो : गंगानारायण श्रेष्ठ


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नो पार्टी फुटेको नभई नेकपा माओवादी केन्द्रसँग एकतामा गएको बताएका छन् ।

शनिबार माओवादी केन्द्रसँग पार्टी एकताको सहमति गरेपछि उनले सिंगो नेसपा नै माओवादीसँग एकतामा गएको बताएका हुन् ।

श्रेष्ठले भने, ‘गत मंसिर ६ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाइएको थियो । सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको हो । पार्टी फुटेको होइन ।’

पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले बस्न नसकेको र आज बसेर एकता गर्ने निर्णय गरेको श्रेष्ठको भनाइ छ ।

सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बीचमा एकता गर्ने भनेर चुनाव अगाडि सहमति भएको र एकताको शर्तसहित आफूहरूले माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको बताए । उनले भने, ‘पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अहिले कार्यान्वयन हुन लागेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस