पोखरालाई भोलि पर्यटकीय राजधानी घोषणा गर्ने तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पोखरालाई भोलि पर्यटकीय राजधानी घोषणा गर्ने तयारी


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

उनले आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताए। पर्यटकीय राजधानी घोषणा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने मेयर आचार्यले बताए।

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने आचार्यले बताए। पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस