गाउँ छाडेर हिँड्ने प्रवृत्ति चुनौती : मुख्यमन्त्री पाण्डे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाउँ छाडेर हिँड्ने प्रवृत्ति चुनौती : मुख्यमन्त्री पाण्डे


३ चैत्र २०८०, शनिबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिँड्ने प्रवृत्ति चुनौतीका रूपमा देखा परेको बताएका छन् । 

१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा संयुक्तरुपमा आयोजित विकास साझेदारसँग गण्डकी प्रदेशको समुन्नति र लगानीसम्बन्धी अन्तर्क्रियामा उनले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताए ।

करोडौँ रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उनले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताए ।

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताए ।

योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवं अन्तक्र्रिया गरिएको बताउँदै उनले आगामी हप्ता योजनाको आधारपत्र आउने बताए । मानव वन्यजन्तु द्वन्द्व पनि चुनौतीका रूपमा देखा परेको बताउँदै उनले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस