सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने 


२ चैत्र २०८०, शुक्रबार


बाँके । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताएका छन् ।

आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंज, बाँकेद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठनलगायत कानुन निर्माण गर्ने जानकारी दिए ।

“उपभोक्ताबिच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ र उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ ।” मन्त्री भण्डारीले भने । स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने बताउँदै मन्त्री भण्डारीले मन्त्रालयले अनुचित मूल्य वृद्धि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनेसमेत उल्लेख गरे ।

सहभागी उपभोक्ताले सिमानाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न माग गर्दै बाँकेमा वस्तु खरिद बिल उपभोक्तालाई दिलाउन व्यापारीलाई बाध्य पार्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

धेरै उपभोक्ताले एक सयभन्दा माथिको वस्तु खरिद गर्दा भन्सार तिर्नुपर्ने राज्यको व्यवस्था हुँदाहुँदै पनि ठुला व्यापारीले त्यसको कार्यान्वयन गर्दैनन् भन्दै मन्त्री भण्डारीसमक्ष गुनासो व्यक्त गरेका थिए । विगत १० वर्षदेखि उद्योग नवीकरण गर्न नपाएको जानकारी गराउँदै उपभोक्ताले नवीकरणका लागि मागसमेत गरेका थिए ।

यसैबिच नेपालगञ्जमा डल्फिन रूपको १४औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले व्यावसायिक हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस