कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने मन्त्री बुढाको चेतावनी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने मन्त्री बुढाको चेतावनी 


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको आज स्थलगत निरीक्षण गरेका छन् । 

सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ-आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

कर्मचारीलाई कार्यसम्पादनका क्रममा लोभमा नफस्न निर्देशन दिँदै उनले मन्त्रालय मातहत जनसरोकारका कार्यलाई छिटोछरितो सम्पन्न गर्नुपर्ने बताए । मन्त्री बुढाले पदीय जिम्मेवारीअनुसार कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने चेतावनी दिएका छन् ।  

सहरी विकास मन्त्रालयको पदभारपछि पहिलो पटक विभागको निरीक्षणका क्रममा विभागका महानिर्देशक कुमारप्रसाद घिमिरेले विभागबाट सम्पादित कार्यक्रमबारे मन्त्री बुढालाई जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस