एमसीएले आह्वान गर्‍यो १८ किमि क्रसबोर्डर प्रसारण लाइनको टेन्डर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमसीएले आह्वान गर्‍यो १८ किमि क्रसबोर्डर प्रसारण लाइनको टेन्डर 


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार १८ किलोमिटर लामो बुटवल-गोरखपुर विद्युत् प्रसारण लाइनको टेन्डर आह्वान गरेको छ । सो ४ सय केभी क्षमताको प्रसारणलाइनको डिजाइनदेखि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेसम्मको काम गर्ने गरी टेन्डर आह्वान गरिएको हो ।

टेन्डरमा सहभागी हुन चाहने निर्माण कम्पनीले आगामी ३ जेठसम्म आवेदन दिन सक्ने एमसीए नेपालले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि ३ सय १५ किलोमिटर प्रसारणलाइनबाट १८ किमिको सो खण्डलाई छुट्याएर त्यसको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय एमसीए-नेपालको ४०औं बोर्ड बैठकले २१ फागुनमा गरेको थियो ।

एमसीसीको सहयोगमा बन्ने प्रसारण लाइन यसअघि तीन खण्डमा बनाउने तयारी भए पनि अब यो चार खण्डमा निर्माण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस