नेपालबाट क्यूआरमार्फत भारतीतकै बैंक खातामा रकम जम्मा गर्न सकिने   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालबाट क्यूआरमार्फत भारतीतकै बैंक खातामा रकम जम्मा गर्न सकिने  


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपालमा कार्यरत भारतीयले पनि ‘क्युआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् ।

नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई-बैंकिङ), अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्विच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

शुक्रबार नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै प्रतिदिन १५ हजार भारतीय रुपैयाँ (भारु) र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा बैंकहरूले प्रदान गर्न सक्ने भएका हुन् ।

यस्तो सटही सुविधामा राष्ट्र बैंकको निर्देशन अनुसार स्वदेशमा खोलिने परिवत्र्य विदेशी मुद्रा खाता र सञ्चालन सम्बन्धी व्यवस्था पालना गरेको हुनुपर्ने छ । यस्तै विदेशमा विदेशी मुद्राको खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी राष्ट्र बैंकले तोकेको सर्त पूरा भएको हुनुपर्ने छ ।

नेपाल र भारतबीच गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा ‘क्रसबोर्डर डिजिटल’ भुक्तानीका लागि सम्झौता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस