काँग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्‍यो : ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसको असहयोग र एमालेको स्वीकारोक्तिले गठबन्धन फेर्नुपर्‍यो : ‘प्रचण्ड’


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसले असहयोग गरेका कारण गठबन्धन परिवर्तन गर्नु परेको ब्रिफिङ पार्टीको स्थायी समिति बैठकमा गरेका छन् ।

शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकमा ‘प्रचण्ड’ले सरकार सञ्चालनमा काँग्रेसले असहयोग गरेको र एमालेले विगतप्रति रियलाइजेसन सहित सहकार्यका लागि हात अघि बढाएपछि गठबन्धन परिवर्तन गर्ने स्थिति बनाएको बताएका हुन् ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ‘प्रचण्ड’ले नयाँ गठबन्धन लामो समय जाने गरी सोचेको भन्दै आफ्नो तर्फबाट इमान्दार प्रयास गर्ने समेत बताएका थिए ।

‘पुरानो गठबन्धनमा काँग्रेसले असहयोग गरेको बारेमा तपाईँहरूलाई जानकारी नै थियो । त्यसमा पनि पछिल्लो समय अर्थमन्त्रीसँग अलिकति अप्ठेरो भयो’, प्रचण्डले बैठकमा बोलेको धारणा उद्धृत गर्दै ती नेताले भने, ‘त्यति नै बेला एमालेले आफ्नो विगतलाई रियलाइजेसन गरेर सहकार्य गरौँ भन्यो । यो नै उचित समय हो भनेर निर्णय गरिएको हो ।’

माओवादी केन्द्रको स्थायी समिति बैठकले पहिलो अधिवेशनमार्फत तयार पारेको विधानलाई अन्तिम रूप समेत दिएको छ ।

माओवादीले अब कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट र निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस