सरकारले काँग्रेसलाई भन्यो-गृहमन्त्रीमाथि प्रतिशोध राख्न छाड्नुस्  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सरकारले काँग्रेसलाई भन्यो-गृहमन्त्रीमाथि प्रतिशोध राख्न छाड्नुस् 


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरेको छ । सहकारी ठगी प्रकरणमा नाम जोडिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै काँग्रेसले संसद अवरोध गरेपछि सरकारले यस्तो आग्रह गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्रीमाथि काँग्रेसले पूर्वाग्रह साँधेको बताइन् ।

उनले भनिन्, ‘संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको हो । तर, अहिले हामीले काम गर्न थालेका छौँ । यो बेलामा आएर राजनीतिक पूर्वाग्रहको आधारमा भन्दा काम हेर्नुपर्‍यो । काममा गल्ती भयो, आशंकाको दायरामा तानियो भने स्वाभाविक ढंगले सरकार छाडेर जाने स्थिति बन्छ । तर, अहिले राजनीतिक प्रतिशोधको रूपमा राजीनामा मागिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस