काँग्रेसले गृहमन्त्रीमाथि आक्रमण गरेर राजीनामा माग्नु असान्दर्भिक : अर्थमन्त्री पुन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले गृहमन्त्रीमाथि आक्रमण गरेर राजीनामा माग्नु असान्दर्भिक : अर्थमन्त्री पुन


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको दाबी गरेका हुन् । 

‘काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन,ु उनले भने, ‘किनभने उहाँमाथि अभियोग लगाएर, अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कारबाहीका लागि सिफारिस गरेको विषय होइन । राजनीतिक रूपले सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ ।’

राजनीतिमा समीकरण परिवर्तन भइरहने उल्लेख गर्दै अर्थमन्त्री पुनले जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक भूमिका खेल्नुपर्ने बताए । बेलाबखतमा आफूमाथि पनि नियोजित रूपमा आक्रमण हुने गरेको समेत उनले दाबी गरे।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री पुनले छिट्टै प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद् चल्न दिएर विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुनुपर्ने धारणा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस