सिन्धुलीको दुम्जास्थित टेलिकम टावर परिसरमा कुकर बम विष्फोट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिन्धुलीको दुम्जास्थित टेलिकम टावर परिसरमा कुकर बम विष्फोट


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको छ । आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो ।

विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो ।

टोलीले नेपाल टेलिकमको टावर परिसरभित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको जनाएको छ ।

विष्फोटमा संलग्नहरुको खोजी तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस