आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई खतिवडाको चेतावनी


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूविरुद्ध लागेका मुद्दामा चलखेल नगर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूविरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद खतिवडाले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीका बारे आफूसँग अरु पनि प्रमाण भएको बताएको उल्लेख गर्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए ।

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए । दाग लागेका मन्त्रीहरूलाई सरकारमा राख्न नहुने उनको भनाइ छ ।

उनले सुन तस्करीसम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरुलाई उपलब्ध गराउन पनि माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस