पूर्वअर्थमन्त्री डा. खतिवडाले भने-अब बहुउद्देश्यीय सहकारीको काम सकियो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वअर्थमन्त्री डा. खतिवडाले भने-अब बहुउद्देश्यीय सहकारीको काम सकियो


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरूको काम नभएको बताएका छन्। काठमाडौँमा राष्ट्रिय सहकारी महासंघले बिहीवार आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने बताए।

उनले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीको अब काम नभएको दाबी गरे। उनले अब बहुउद्देश्य सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए। उनले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताको क्षेत्रमा काम गर्नु आवश्यक रहेको बताए।

उनले पछिल्लो समय बहुउद्देश्य सहकारीका नाममा नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्रै बनाएर सहकारीको अस्तित्व २०२५ मै सकिने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस