मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्वबारे उठ्यो प्रश्न « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्वबारे उठ्यो प्रश्न


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । जनमत पार्टीले मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्व नरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले नेपालमा ४० लाख बढी दलित र १५ लाख बढी मुस्लिम समुदाय रहेको बताए ।

तर, २२-२५ जनाको मन्त्रिपरिषदमा एक जना पनि दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नहुनु दुःखद रहेको बताए ।

‘म सम्माननीय प्रधानमन्त्रीसँग सोध्न चाहन्छु, ‘के तपाईँले लागू गर्न खोज्नुभएको समानुपातिक समावेशी सिद्धान्त यही हो ?’ उनले प्रश्न गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस