लक्ष्यभन्दा सवा दुई खर्ब कम उठ्यो राजस्व « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लक्ष्यभन्दा सवा दुई खर्ब कम उठ्यो राजस्व


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महिनामा लक्ष्यभन्दा सवा दुई खर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।

राजस्व गत आव यसै अवधिको तुलनामा भने १० प्रतिशतले वृद्धि भएको छ । स्रोतमा आएको संकुचनाको असर सार्वजनिक खर्चमा देखिएको छ ।

आठ महिना बितिसक्दा पुँजीगत खर्च २६.८९ प्रतिशत मात्र भएको छ । यसले पुनः एक पटक विकास निर्माणको काम वर्षायाममा धकेलिने निश्चित भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म ६ खर्ब ३९ अर्ब राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको ४४.९२ प्रतिशत मात्र हो । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस