विपद् व्यवस्थापनको पाँच वर्षे रणनीति बनाउँदै काठमाडौँ महानगर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विपद् व्यवस्थापनको पाँच वर्षे रणनीति बनाउँदै काठमाडौँ महानगर


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन विभागले पाँच वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ ।

सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनर्स्थापना, पुनर्लाभका लागि वडा र समुदाय स्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने महानगरपालिकाले जनाएको हो ।

विपद् व्यवस्थापन समिति संयोजक प्रेम थापाका अनुसार सहरी मौलिकता र आधुनिक विकास चरण सन्तुलित गर्दै सहर सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिन लागेको हो ।

आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिन विभागले बुधबार वडास्तरीय विपद् व्यवस्थापन समिति संयोजकहरूसँग छलफल गरेको थियो ।

विभागका निमित्त प्रमुख गंगाधर गौतमले विपद् व्यवस्थापनको अहिलेको अवस्था विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमा गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस