प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खानेपानी मर्मत योजनाको रकम हिनामिना गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, अध्यक्ष धनलाल चौलागाईंसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनीहरूले खानेपानी मर्मत योजनामा पाँच लाख १५ हजार १०८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शाही, अध्यक्ष चौलागाईं, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, सब इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा, कोषाध्यक्ष बिरकुल्ली बुढा र चंखेली-३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् ।

चंखेली-३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका निम्ति आर्थिक वर्ष २०७४-७५ मा छुट्टाइएको पाँच लाख १५ हजार १०८ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस