सुन तस्करीमा संलग्न र उन्मुक्ति दिनेलाई कानूनी दायरामा ल्याउने गृहमन्त्रीको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करीमा संलग्न र उन्मुक्ति दिनेलाई कानूनी दायरामा ल्याउने गृहमन्त्रीको दाबी


१ चैत्र २०८०, बिहिबार


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने बताएका छन् ।

सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्च स्तरीय आयोगको प्रतिवेदन बुझ्दै उने सो कुरा बताएका हुन् ।

अनुसन्धान गर्ने निकायले कतिपयलाई जोगाएको आरोप लागेका सन्दर्भमा छानबिन समितिको प्रतिवेदन अनुसार उनीहरूलाई कारबाहीको दायरामा ल्याउने लामिछानेले बताएको उनको सचिवालयले जनाएको छ ।

‘विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानूनको मातहतमा ल्याउनेछु’, लामिछानेको भनाइ उदृत गर्दै उनको सचिवालयले जारी गरेको नोटमा भनिएको छ, ‘प्रतिवेदन कार्यान्वयनको चुनौति म आफैंले सामना गर्नेछु ।’

आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको आयोगका पदाधिकारीले बिहीबार ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस