कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक-५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौँका सुजन कार्की र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

मृतकहरू एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ । उनीहरू त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए ।

कामबाट कोठामा फर्किन लागेका उनीहरू मंगलबार बिहान सडक छेउमा उभिरहेका बेला हुँकिएर आएको कारले ठक्कर दिएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले घटना भएको जानकारी पाएलगत्तै आवश्यक प्रक्रियाअगाडि बढाएको बताएका छन् । परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शव नेपाल पठाउने तथा वीमाका लागि पहल भइरहेका उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस