इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

इलाम क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन


१ चैत्र २०८०, बिहिबार


विराटनगर । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए । 

इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए । 

भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस