एनओसी शाखा प्रमुख पौडेलले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनओसी शाखा प्रमुख पौडेलले दिए राजीनामा


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नो अब्जेक्सन लेटर (एनओसी) शाखाका प्रमुख शान्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले चैत १ देखि लागू हुने गरी शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् । 

सेवाग्राहीहरूलाई सेवा दिन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् । पछिल्लो समय भक्तपुरस्थित एनओसी शाखामा उच्च शिक्षाको लागि विदेश जाने भन्दै एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भिड बढेको छ । भिड थेग्न नसकेर उनले राजीनामा दिएका हुन् ।

पौडेलले मन्त्रालयमा राजीनामा बुझाए पनि सनाखत गर्न नआएका कारण राजीनामा स्वीकृत भई नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस