प्रधानमन्त्री र राष्ट्रिय सभा उपाध्यक्षबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री र राष्ट्रिय सभा उपाध्यक्षबीच भेटवार्ता


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न उपाध्यक्ष अर्याल आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उपाध्यक्षको राजीनामाको विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक-फरक दलबाट बनाउने सहमति भएको बताएका छन् । त्यसअनुसार माओवादी केन्द्रका तर्फबाट तय भएका उम्मेदवार नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन् । हाल माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी अर्यालले राजीनामा दिनेछिन् ।

उपाध्यक्ष अरु दललाई दिने तयारी छ । तर, कुन दललाई दिने भन्ने निर्णय सार्वजनिक भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस