राजदूत गोडेर र परराष्ट्र मन्त्री श्रेष्ठबीच भेटवार्ता, विपिनको खोजी गरिदिन आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजदूत गोडेर र परराष्ट्र मन्त्री श्रेष्ठबीच भेटवार्ता, विपिनको खोजी गरिदिन आग्रह


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले विद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गरेका थिए।

भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस