प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

मंगलबार बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । सबै सांसदलाई बुधबार अनिवार्य सदनमा उपस्थिति भएर मत दिन रास्वपाले ह्विप जारी गरेको हो ।

रास्वपा उपप्रधान तथा गृहमन्त्री सहित चार मन्त्रालय लिएर नयाँ सत्ता समीकरणको दाहाल नेतृत्वको सरकारमा सामेल छ । 

Tags :
प्रतिक्रिया दिनुहोस