जसपा सरकारको भ्रष्टाचारले जनता आजित भएको एमाले नेता झाको टिप्पणी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जसपा सरकारको भ्रष्टाचारले जनता आजित भएको एमाले नेता झाको टिप्पणी 


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ ले मधेस प्रदेशको छ वर्षदेखि नेतृत्व गरिरहेको जसपामाथि भ्रष्टाचारको आरोप लगाएका छन् ।

फेसबुकमा स्ट्याटस लेख्दै उनले जसपा सरकारको भ्रष्टाचारले जनता आजित र निराश बनेको टिप्पणी गरेका हुन् । एमाले प्रदेशमा पहिलो पार्टी रहेको र जनता पनि एमालेको नेतृत्व खोजेको भन्दै मुख्यमन्त्री एमालेले पाउनुपर्ने उनको दाबी छ ।

आइतबारमात्रै एमाले प्रदेश कमिटीले मधेस सरकारको नेतृत्वका लागि दाबी गर्ने निर्णय गरेको थियो ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार मधेस सरकार पुनर्गठन हुन सकेको छैन । काँग्रेस र लोसपाका मन्त्री राजीनामा नदिने बताएका छन् । एमालेले सरकार पुनर्गठनमा दबाब बढाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस