साइकल यात्रीलाई ठक्कर दिएको भन्दै स्थानीयले जलाए बस « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै स्थानीयले जलाए बस


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् । मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो । महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस