यस्तो छ रिगललाई बाँकी कैद छुट बदरबारे सर्वोच्च अदालतको पूर्णपाठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्तो छ रिगललाई बाँकी कैद छुट बदरबारे सर्वोच्च अदालतको पूर्णपाठ


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । हत्या आरोपमा जन्मकैद भएका रिगल भनिने योगराज ढकालको बाँकी सजाय छुट गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर हुने फैसलाको पूर्णपाठ तयार भएको छ ।

राष्ट्रपति पौडेलले असोज ३ गते संविधान दिवसको अवसर पारेर रिगलको करिब ६० प्रतिशत कैद सजाय छुट गरेपछि उनी छुटेका थिए ।

त्यसविरुद्ध मृतककी श्रीमती भारती शेर्पाले दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिको उक्त निर्णय बदर गरेको थियो । फैसलाको दिन १५ पृष्ठको संक्षिप्त आदेश जारी भएपनि हालै मात्र २८ पृष्ठको पूर्णपाठ तयार भएको छ ।

केही दिनअघि मात्र अवकाश पाएका न्यायाधीश इश्वरप्रसाद खतिवडाले फैसला लेखेका छन् जसमा इजलासका बाँकी दुई न्यायाधीश सपना मल्ल प्रधान र कुमार रेग्मीले रायमा सहमति व्यक्त गरेका छन् ।

सरकार र राष्ट्रपतीको स्वेच्छाचारी तजविजमा माफी, मिनाहा वा कैद कट्टी हुन नसक्ने भन्दै पूर्ण पाठमा यस्तो अधिकारको प्रयोग गर्दा सामान्यतया ९ वटा कुरामा ध्यान दिइनुपर्ने उल्लेख छ ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस