अब चुनावअघि गठबन्धन गर्ने कल्पना कसैले नगर्ने गगन थापाको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अब चुनावअघि गठबन्धन गर्ने कल्पना कसैले नगर्ने गगन थापाको दाबी


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अघि अब कसैले पनि गठबन्धन गर्नेबारेमा कल्पना नगर्ने बताएका छन्।

आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने बताए।

उनले नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने पनि बताए। केही नेताहरू मिलेर चुनावअघि गठबन्धन गर्ने कुराको अब अन्त्य भएको उनको भनाइ थियो।

उनले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको जिकिर गरे। निर्वाचन प्रणाली बदल्नुपर्ने आवश्यकता रहेकोमा पनि उनले जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस