पाँच प्रतिशतमा झर्‍यो मूल्यवृद्धि  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाँच प्रतिशतमा झर्‍यो मूल्यवृद्धि 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार उपभोक्ता मूल्यवृद्धि खुम्चिएको छ ।

गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २.८७ प्रतिशत विन्दुले कमी भएको हो ।

पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.३३ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप-समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप-समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्‍क १.४१ प्रतिशतले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस