राप्रपाको पार्टी कार्यालयभित्रै नेता श्रेष्ठमाथि आक्रमण, छानबिन गर्न सीसीटीभी फुटेज हेर्दै नेताहरू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपाको पार्टी कार्यालयभित्रै नेता श्रेष्ठमाथि आक्रमण, छानबिन गर्न सीसीटीभी फुटेज हेर्दै नेताहरू


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । पार्टीका एक जिम्मेवार नेतामाथि कार्यालयभित्रै भौतिक आक्रमण भएपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिथोलिएको छ । अहिले नेताहरू घटनाको सीसीटीभी फुटेज हेरिरहेका छन् ।

बैठकमा महामन्त्री विक्रम पाण्डे र ठाकुरमोहन श्रेष्ठबीच चर्काचर्की भएको थियो । बैठक स्थगन गरेर खाना खान निस्कनेक्रममा पाण्डेका समर्थकले श्रेष्ठलाई लखेटेर कुटेका हुन् । अध्यक्ष लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशील रूपमा लिएको राप्रपाले जनाएको छ ।

खानपिन सकिएपछि पार्टीका प्रमुख नेताहरू अध्यक्ष लिङदेनको कार्यकक्षमा जम्मा भएर सीसीटीभी फुटेज हेर्न थालेका हुन् । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने पार्टीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस