हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । मैत्रीपूर्ण टी-२० आई खेलमा हङकङले नेपालसामु २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे । एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बनेका थिए ।नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विवके यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जिसी, सागर ढकाल, रासिद खान र आकाश चन्द रहेका छन् ।

त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस