सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन


२५ फाल्गुन २०८०, शुक्रबार


काठमा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । एक जना विना विभागीयसहित ३ मन्त्री थप गर्दै मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेट्दै मुख्यमन्त्री शाहले आज मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । 

बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस