स्याउखेतीका लागि महासचिव ‘विप्लव’ जुम्लामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्याउखेतीका लागि महासचिव ‘विप्लव’ जुम्लामा


२५ फाल्गुन २०८०, शुक्रबार


जुम्ला । हिम गाउँपालिका-६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्ला पुगेका छ ।

महासचिव ‘विप्लव’ले सामूहिक स्याउखेतीका लागि बिरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए । पार्टीको निर्णयअनुसार सामूहिक स्याउखेती सुरु गर्न लागिएको जनाइएको छ ।

कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।

पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको महासचिव ‘विप्लव’ले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस