महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाशिवरात्रिलाई गुठी संस्थानको ४० लाख विनियोजन


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु. ४० लाख खर्च हुने जनाएको छ । महाशिवरात्रि पर्वको तयारीबारे संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संस्थानका अध्यक्ष डा. शिवराज पण्डितले गुठीको करिब रु. १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए ।

“महाशिवरात्रि पर्वलगायत जात्रा पर्वमा संस्थानको वार्षिक बजेटको करिब २० प्रतिशत खर्च गर्ने र जनशक्ति पनि लगानी गरेको संस्थानको कामको प्रचारप्रसार हुन सकेन”, अध्यक्ष पण्डितले संस्कृति, परम्परा र सम्पदाको संरक्षण प्रवर्द्धनमा भूमिका खेल्दै आएको गुठी संस्थानले आन्तरिक स्रोतबाटै जात्रा पर्व व्यवस्थापनको कार्य गर्दै आएको बताए । 

देशभरका राज गुठीअन्तर्गत करिब दुई हजार तीन सय गुठीमध्ये सात सय १७ देवस्थलहरूको साबिक परम्परा बमोजिमका पर्व, पूजा, जात्रा, लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको सञ्चालन व्यवस्थापनको जिम्मेवारी संस्थानले गर्दै आएको छ । उपत्यका बाहिरका विवाह पञ्चमी, राम नवमी, झुला पर्व, माथिल्ला परिक्रमा, मनकामना पर्व, उपत्यकाभित्रका महाशिवरात्रि पर्व, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, इन्द्रजात्रा, विस्केटजात्रा, हाडीगाउँको जात्रा, मङ्गामाईको जात्रा, गुह्येश्वरी जात्रा, महास्ना पर्व, महाकाली जात्रा, चाँगुनारायणको जात्रा, राष्ट्रिय महत्वका जात्रा पर्व हुन् ।

पर्वको तयारी
गुठी संस्थानले यस वर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरूको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस