न्यायाधीश ईश्वर खतिवडा अवकाश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

न्यायाधीश ईश्वर खतिवडा अवकाश


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश तथा न्यायपरिषद् सदस्य ईश्वर खतिवडाले अवकाश पाएका छन्। ६५ वर्षको उमेर हदका कारण उनले अवकाश पाएका हुन् । 

झण्डै ९ वर्ष पुनरावेदन अदालतको न्यायाधीश र २ वर्ष मुख्य न्यायाधीश भएका उनलाई २०७३ सालमा सर्वोच्च अदालत ल्याइएको थियो। उनी २०७३ सालको साउनदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कार्यरत थिए।

२०३९ सालमा सरकारी वकिलबाट सेवा प्रवेश गरेका उनी २०४९ सालमा जिल्ला न्यायाधीश भएका थिए।

झण्डै ४१ वर्ष न्याय सेवामा बिताएका उनी कमै विवादमा परेका छन्। उनी अब्बल, कम विवादित र निडर छवि भएका न्यायाधीशको रूपमा चर्चामा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस