म कुनै दाग नलागी खुशीसाथ मन्त्रालयबाट निस्किए : सुदन किराँती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

म कुनै दाग नलागी खुशीसाथ मन्त्रालयबाट निस्किए : सुदन किराँती


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताएका हुन् ।

‘मन्त्रालयबाट निस्किँदा खेरि एकदमै खुशीसाथ म निस्किन पाएँ । किनकि म बेदाग फर्किएँ । ममाथि दाग लागेन । एक वर्षमा मैले धेरै काम गरेको छु । त्यसको परिणाम निस्किने बेला भइसकेको छ’ उनले भने ।

पूर्वमन्त्री किराँतीले मन्त्रीको रूपमा रहँदा आफू कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताए । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुभवी मन्त्रीहरूको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रिपरिषदमा समावेश हुन नसकेको उनको बुझाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस