शिवरात्रीमा पशुपतिनाथ आसपासमा गाडी लैजान नपाइने, डाइभर्सन गरिने « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

शिवरात्रीमा पशुपतिनाथ आसपासमा गाडी लैजान नपाइने, डाइभर्सन गरिने


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास आज बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी  साधनलाई डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने छ  ।

गौशाला क्षेत्रमा शिवरात्रीका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

महाशिवरात्री मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन टी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस