बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले छुट नदिने अर्थमन्त्री पुनको चेतावनी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले छुट नदिने अर्थमन्त्री पुनको चेतावनी 


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । 

मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने दाबी गरे ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ऋण नर्तिन भडकाउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिएका छन् ।

‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन’, पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’ निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस