सिके राउतको आरोप : विदेशीले धाप मारेपछि प्रधानमन्त्री बुरुक्क उफ्रिनुहुन्छ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिके राउतको आरोप : विदेशीले धाप मारेपछि प्रधानमन्त्री बुरुक्क उफ्रिनुहुन्छ


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ता समीकरण फेरिनुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिले गठबन्धन फेरिनुको गहिरो कारण प्रधानमन्त्रीले नै दिन नसकेको बताएका हुन् ।

बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्ति भन्दै नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्माननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

उनले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले बेहोर्नुपरेको बताए । ‘अझ उहाँ गर्वका साथ भन्नुहुन्छ म मिस्टर उथलपुथल हो’, राउतले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस