रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ: प्रधानमन्त्री « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ: प्रधानमन्त्री


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए ।

“पछिल्लो समयमा क्षतिपूर्ति र बीमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रुस सरकार सहमत भएको छ”, प्रधानमन्त्री दाहालले भने, “अध्ययन छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्नबाहेकका नागरिकले रुस यात्रा गर्नु परे ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस