गठबन्धन टुटेकोमा खुसी छु : डा. कोइराला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धन टुटेकोमा खुसी छु : डा. कोइराला


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्सीवाद भएको बताएका छन् । कसैको आर्सीवादमा गठबन्धन टुटेको उनको संकेत थियो ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले काँग्रेस सधैँ एक्लै लड्नुपर्ने औँल्याए ।

उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो । ‘प्रचण्ड’ र ओलीज्यू उहाँहरूले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा वरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन् , कसैको आर्सीवाद पाएको हो कि भन्ने लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाही हो ।’

उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए । उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुदैँन् । विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस